Deneme Bonusu Veren Siteler
बिहिबार, आश्विन १७, २०८१
Thursday, October 3, 2024

काठमाडौं – मंगलबार सेयर लगानीकर्ताको आन्दोलले ठप्प भएको सेयर बजारमा आज १ बजे सम्म पनि सेयर कारोबार सुरु हुन् सकेको छैन । सेयर बजारमा सार्वजनिक बिदाको दिन बाहेक आइतबार देखि  बिहिबार सम्म  बिहान ११ बजे देखि ३ बजे सम्म सेयर खरिद बिक्रि हुने गर्छ ।

सरकारले बोनस र हकप्रद सेयरको मुल्याकंन १ सय रुपैयाँ गर्दै नाफामा कर लगाउने निर्णय गरेपछि सेयर लगानीकर्ता आन्दोलित बनेका हुन् । बिगतमा बोनस र हकप्रद सेयरको मुल्याकंन नेपाल स्टक एक्सचेञ्जले तोकेको समायोजीत मूल्यमा हुने गरेको थियो । १ सय रुपैयाँमा सेयरको मुल्याकंन गर्दै नाफा निकाल्दा आफुहरुलाई मार्का पर्ने सेयरलगानीकर्ताको गुनासो छ । कम्पनीले दिने बोकस र हकप्रद सेयरपछि सेयरको मूल्यमा गिरावट आउने हुदाँ बोकस र हकप्रदलाई एक सय रुपैयाँ मुल्याकंन गर्न नहुने सेयर लगानीकर्ता सघंका अध्यक्ष उत्तम अर्याल बताउँछन् ।

कम्पनीले दिने बोकस र हकप्रद सेयरपछि नेप्सेले सेयर मुल्य समायोजन गर्दा सेयरको बजार मुल्यमा गिरावट आउने गर्छ । सरकारले भने बोकस र हकप्रदको लागत १ सय रुपैयाँ भन्दा बढिलाई मान्न नसकिले जनाएको छ । आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञ ढुगेंलले सरकारले अध्ययन गरेरै निर्णय गरेकाले यस सम्बन्धमा विभागको तहबाट केहि हुन् नसक्ने बताउनुभयो । यता लगानीकर्ता सम्बद्ध संघ संस्थाले सरकारले निर्णय फिर्ता नलिए सम्म सेयर कारोबार हुन नदिने बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया