आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  हकप्रद र बोनस सेयरमा अंकित मुल्यलाई आधार मुल्य मानेर पुँजीगत लाभकर लगाउने सरकारको निर्णयविरुद्ध आन्दोलित लगानीकर्ताले मंगलबार कारोवार नै ठप्प पारेका छन् ।

आन्तरिक राजस्व विभागले आईतबार यस्तो ब्यहोराको पत्र पठाएसँगै आन्दोलित लगानीकर्ताले सोमबार दिनभर वार्ताद्धारा सहमति खोज्ने प्रयास गरेका थिए ।

तर, सोमबारको वार्ताबाट कुनै सहमति नजुटेपछि मंगलबार कारोवार नै ठप्प भएको हो ।  सार्वजनिक विदाबाहेक नियमित कारोबार हुँदै आएको सेयर बजार यसरी बन्द भएको यो दोस्रोपटक हो ।

तपाईको प्रतिक्रिया