आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं –  संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।

संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपि को लगानीमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो ।

बुधवार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाईएको छ । प्रशिक्षण आयोजक संसद् सचिवायलय भनिए पनि सम्पुर्ण खर्च युएनडिपीले बेहोर्ने जानकारी श्रोतले दियो ।

तपाईको प्रतिक्रिया