आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – राजनीतिक संक्रमण सकिएकाले देशको पूर्वाधार र सामाजिक विकासले गति लिने अपेक्षा रहे पनि सरकारका महत्वपूर्ण परियोजना र कार्यक्रमहरुको प्रगतिस्थिति भने निकै कमजोर देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको ४२ औं बैठकमा प्रस्तुत गरिएको चालू आर्थिक वर्षको आठ महिनाको प्रगति विवरणअनुसार राष्ट्रिय गौरवकै आयोजनाहरुको कार्यान्वयन स्थिति दयनीय छ ।

वैशाख अन्त्यसम्म विकास कार्यक्रम सञ्चालन गर्न छुट्याइएको पूँजीगत खर्च जम्माजम्मी ४० प्रतिशतमात्रै भएको छ । पहिलो प्राथमिकताका ३४६ आयोजनामध्ये ११४ वटा आयोजनामा मात्रै ८० प्रतिशतभन्दा बढी प्रगति भएको छ ।

तपाईको प्रतिक्रिया