Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  शिशु हुर्कंदै गएपछि आँखीभौँ उम्रन थाल्छ । कतिपयले आँखीभौँलाई सुन्दरतासँग पनि जोडेर हेर्छन् ।

जसकारण विशेष गरी महिलाले थ्रेडिङ गरेर यसको आकार दिने पनि गर्छन् । तर, धेरैलाई आँखीभौँ किन आउँछ भन्ने कुरा थाहा नहुन पनि सक्छ । तर, यसको आफ्नै महत्व छ । यी हुन्, आँखीभौँ आउने कारण :

आँखामा आई लिड र आँखीभाैँ हुन्छ । पहिला आई लिडको बारेमा कुरा गरौँ । यसले आँखालाई सुरक्षा दिने काम गर्छ । बाहिर आउने धुलोका कणहरूबाट पनि यसले बचाउने काम गर्छ ।

आइलिडमा मसल्स पनि हुन्छ । र, यसको मुभमेन्ट भइरहन्छ । जसकारण आँखाबाट निस्कने आँसु चारैतर्फ फैलिन्छ । जसले गर्दा आँसु आएका वेला पनि राम्रोसँग हेर्न सहयोग पु-याउँछ ।

आई लिड मात्र नभएर आइब्रोका पनि आफ्नै काम छन् । यसको काम पनि आँखाको सुरक्षा नै हो ।

मानिसको पसिना बगिरहन्छ । आँखामाथिबाट यसरी बग्ने पसिनालाई आँखीभौँले सीधै आँखामा पुग्न दिँदैन । यस्तो पसिना या पानी आँखीभौँमै रोकिन्छ । आँखामा हुन सक्ने विभिन्न संक्रमणबाट पनि यसले बचाउने काम गर्छ ।

विशेष गरी महिलाले सुन्दर देखिनका लागि आँखीभौँ खुर्कने गर्छन् । यस्तो विषयमा भने सचेत हुनुपर्छ । सजगताका साथ थ्रेडिङ गर्दा त्यस्तो कुनै असर पर्दैन । तर, बढी नै थ्रेडिङ गर्ने बानीले भने आँखामा विभिन्न इन्फेक्सन हुन सक्छन् ।

तपाईको प्रतिक्रिया