Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – उपचारका लागि भारत जानुभएका राष्ट्रकवि माधव घिमिरे निको भएर आज स्वदेश फर्कनुभएको छ । उहाँ दिउँसो २ बजे नेपाल एअरलाइन्सको विमानबाट नेपाल फर्कनुभएको हो ।

९९ वर्षका राष्ट्रकवि घिमिरलाई सानो आन्द्राबाट रक्तस्राव भएपछि उपचारका लागि भारत लगिएको थियो । मेदान्त अस्पतालमा १० दिन उपचार गरेपछि उहाँको स्वास्थ्य ठिक भएको परिवारले जनाएका छन् । राष्ट्रकवि घिमिरलाई सानो आन्द्राको रक्तस्राव नरोकिएपछि उपचारका लागि गत जेठ ९ गते नयाँ दिल्ली लगिएको थियो ।

नयाँ दिल्ली जानुअघि उनलाई बैसाख २८ गते धापासीस्थित ग्राण्डी अन्तर्रा्ष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो । घिमिरेको उपचारका क्रममा लागेको सबै खर्च सरकारले बेहोर्ने यसअघि नै घोषणा गरिसकेको छ ।

तपाईको प्रतिक्रिया