Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

टोकियो – जापानमा सन् २०१७ मा जन्मिएका शिशुको सङ्ख्यामा उल्लेख्य कमी आएको सार्वजनिक भएको सरकारी तथ्याङ्कमा जनाइएको छ । जापानको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयका अनुसार नवजात शिशुको जन्मदरमा थप गिरावट आएको र यो संख्या गत वर्षको ९ लाख ४६ हजार ६० बाट पनि तल झरेको छ ।

अघिल्लो वर्ष जन्म भएका शिशुहरुको संख्यामा ३० हजार ९ सय १८ ले कमी आएको कारणले सन् २०१७ मा जापानमा जनसङ्ख्या ३ लाख ९४ हजार ३७३ ले घटेको छ भने मृत्यु हुनेको संख्या ३२ हजार भन्दा माथि छ । मृत्यु हुनेको यति ठूलो संख्या दोस्रो विश्वयुद्ध पश्चात् (१३ लाख ४० हजार ४ सय ३३) पछिको सबैभन्दा धेरै भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ । जापानको जम्मा प्रजनन दरमा शून्य दशमलब ०१ बाट गत वर्ष १ दशमलब ४३ मा झरेको बताइएको छ । यो तथ्याङ्क जापानी महिलाले आफ्नो जीवनकालमा औषतमा जन्माउन सक्ने शिशुको आधारमा तय भएको हो ।

जापानी प्रशासकीय प्रान्तअनुसार हेर्दा सवैभन्दा बढी प्रजनन दर ओकिनावामा १ दशमलब ९४ रहेको छ भने सवैभन्दा कम जापानको राजधानी टाकियोमा रहेको पाइएको छ । जापान सरकारले सन् २०२५ सम्ममा प्रजनन दरलाई १ दशमलब ८ पुर्याउने बताएको छ । जापानको जनसङ्ख्यालाई सन्तुलनमा राख्न प्रजनन दरलाई २ दशमलब ०७ पुर्याउनुपर्छ । जापानमा महिलाहरूको बच्चा जन्माउने उमेर र विवाह दरमा अघिल्लो वर्षको तुलनामा सन् २०१७ मा १३ हजार ६ सय ६८ सङ्ख्याले घटेको छ । यो सङ्ख्या विश्वयुद्धपूर्व ६ लाख ६ हजार ८ सय ६३ रहेको थियो ।

जापानको जनसङ्ख्यामा रहेको समस्यामाथि प्रकाश पार्दै तथ्याङ्कमा भनिएको छ, ‘जापानमा बालबालिकाको सङ्ख्यामा एक वर्ष पहिले डेढ करोड रहेकोमा गत वर्ष १ लाख ७० हजारले कमी आएको थियो । तथ्याङ्क विभागको तथ्याङ्क अनुसार १४ वर्ष र यसमूनिका बालबालिकाको सङ्ख्यामा निरन्तर ३७औँ वर्ष पनि गिरावट देखिएको छ । जापानमा जनसङ्ख्याको रेकर्ड राख्न सन् १९५० पछि सुरु गरिएको थियो । वर्तमान प्रधानमन्त्री सिन्जो आबेद्वारा राष्ट्रको निम्न जन्मदरलाई बढाउने कार्यक्रमका बाबजुद गत वर्ष पनि नवजात शिशुको जन्मदरमा अपेक्षाभन्दा कमी नै देखिएको छ ।

आबेले राष्ट्रको जन्मदरलाई प्रोत्साहन गर्न दिवासेवा सुविधा तथा निम्न आय भएका नागरिकलाई राज्यद्वारा प्रोत्साहन भत्ता उपलब्ध गराइने घोषणासमेत गरेका थिए । यद्यपि नतिजाले अझैपनि गुणात्मक रूपमा भिन्नता ल्याउन काम गर्नुपर्ने देखाएको छ । विभागका अनुसार बालबालिकाको जनसङ्ख्यामा गत वर्ष नयाँ किर्तिमानी रूपमा १२ दशमलब ३ प्रतिशतले कमी आएको र बालबालिकाको जनसङ्ख्यामा कमी देखिएको यो निरन्तर ४४औँ वर्ष हो ।  जापानको समग्र जनसङ्ख्याको तुलनामा बालबालिकाको जनसङ्ख्या दर विश्वका ४ करोड र यसभन्दा बढी जनसङ्ख्या भएका मुलुकमाभन्दा निकै कमी देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

दुई वर्षमूनिका शिशुहरूको सङ्ख्या सन् २०१७ मा जम्मा २९ लाख ३० हजार रहेको मन्त्रालयको तथ्याङ्कमा छ । सन् २०१७ मा जापानको जनसङ्ख्यामा निरन्तर सातौँ वर्ष पनि गिरावट आई जम्मा १ अरब २६ लाख ७० हजार पुगेको छ । जसको २७ दशमलब ७ प्रतिशत संख्या ६४ वर्ष र यसभन्दा माथिका नागरिकको रहेको सरकारी तथ्याङ्क छ ।  जापानका जनसङ्ख्याबारे विज्ञहरूले भने यदि यही रूपमा जनसङ्ख्यामा गिरावट आएमा आगामी सन् २०५० सम्ममा जापानमा अहिलेको जनसङ्ख्यामा २३ प्रतिशतले कमी आउने आँकलन गरेका छन् । यो अवस्था यो शताब्दीको अन्त्यसम्म पनि कायम रहने देखिएको बताइएको छ । -रासस/सिन्ह्वा

तपाईको प्रतिक्रिया