शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – शुक्रबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले नै घटेर ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै शुक्रबार तेजावी सुन प्रतितोला ५८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको मूल्य भने आज स्थिर छ। शुक्रबार तोलामा ७ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको महासंघले जनाएको छ।

तपाईको प्रतिक्रिया