Deneme Bonusu Veren Siteler
सोमबार, पौष २९, २०८१
Monday, January 13, 2025

काठमाडौँ –  राष्ट्रिय संगीतकर्मी संघले राजेन्द्रकुमार कार्कीको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

संघको हालै सम्पन्न चौंथो महाधिवेशनले उपाध्यक्षमा नमराज ढुंगाना, प्रकाश कटुवाल, अमृत खाती, श्यामसुन्दर धिताल, उमा श्रेष्ठ र रमेश दुलाललाई निर्वाचित गरेको हो ।

संघद्वारा आज आयोजित कार्यक्रममा यही जेठ १३ गते सम्पन्न महाधिवेशनले निर्वाचित गरेको नयाँ कार्यसमितिकाबारे जानकारी गराइएको हो ।
महासचिवमा विजक्रमजंग शाह, उपमहासचिवमा गोविन्द दुलाल, प्रवक्ता होमराज सुवेदी, सचिव शर्मिला श्रेष्ठ र जीवन परियार हुनुहुन्छ । त्यस्तै सहसचिवमा श्रीकृष्ण दाहाल, कोषाध्यक्षमा मिलन श्रेष्ठ, सहकोषाध्यक्ष सूर्य श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

सदस्यमा सिर्जु अधिकारी, रिना थापा, एलिना रायमाझी र आशा लामा हुनुहुन्छ । त्यसैगरी सातै प्रदेशमा स्थानीय कलाकारको खोजी गर्ने उद्देश्यले संयोजक तोकिएको छ ।

प्रदेश नं १ शिवप्रसाद घिमिरे, २ मा निर कँडेल, ३ मा दीपक रिमाल, ४ मा विनोद ढकाल, ५ थानेश्वर अधिकारी, कर्णाली प्रदेशमा पदमबहादुर रोकाय र प्रदेश नं ७ मा अर्जुन सोनामलाई जिम्मेवारी दिइएको छ ।

संघका नवनिर्वाचित अध्यक्ष कार्कीले पछिल्लो समय विकास भएका प्रविधिका कारण कलाकारको सिर्जना चोरी हुने क्रम बढ्दै गएकाले उनीहरुलाई सामाजिक न्याय उपलब्ध गराउन सरोकार पक्षसँग समन्वय र सहकार्य गर्ने बताउनुभयो ।
–––

तपाईको प्रतिक्रिया