Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  कपाल धुने वा नुहाउनेबित्तिकै कतिपय मानिसले जानी–नजानी गल्ती गरिरहेका हुन्छन् । यस्तो अवस्थामा गर्ने स–साना गल्तीले पनि कपालमा निकै खराब असर पर्न जान्छ । यसले कपाल झर्नेदेखि, गुजुल्टो पर्नेसम्मको समस्या निम्त्याउँछ । त्यसैले कपाल सफा गरिसकेपछि यस्तो गल्ती गर्नुहुँदैन :

-नुहाएपछि धेरैले कपाल मालिस गर्छन् । यस्तो बानी हटाइहाल्नुपर्छ ।

-धेरैको बानी हुन्छ, चिसो कपालमा काइँयो लगाउने । यस्तो गल्ती पनि गर्नुहुँदैन । यसले चाँडै कपाल झर्ने समस्याको सिकार बनाउँछ ।

-त्यस्तै, हेयर स्टाइलिङ मेसिन पनि प्रयोग गर्नुहुँदैन ।

-धेरै महिलाले नुहाएपछि टावेलले कपाल बाँध्ने गर्छन् । यसले खराब असर पर्न जान्छ ।

-र, नुहाउनेबित्तिकै बाहिर निस्कने बानी पनि गर्नुहुँदैन ।

तपाईको प्रतिक्रिया