Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – स्वस्थ शरीरका लागि कोलेस्ट्रोल अर्थात् बोसो आवश्यक छ । तर, यसको मात्रा आवश्यकभन्दा बढी भएमा यसैबाट विभिन्न रोग जन्मिन थाल्छन् । यी हुन् कोलेस्ट्रोल बढाउने केही खाद्यपदार्थ :

केक र कुकिजमा बोसो हुँदैन भन्ने भ्रम पाइन्छ । बढी केक र कुकिजको प्रयोग गर्नुहुँदैन । शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित राख्न यस्ता खाद्यपदार्थको प्रयोगमा नियन्त्रण गर्नुपर्छ ।

बिस्कुटमा समेत ३ दशमलव ५ ग्राम बोसोको मात्रा हुन्छ । यसको नियमित प्रयोग गर्दा शरीरमा सोडियमको मात्रा पनि बढ्न जान्छ । त्यसैले कोलेस्ट्रोल सन्तुलित राख्न बिस्कुटको प्रयोग पनि कम गर्नुपर्छ ।

फ्रेन्चफ्राई र फ्राई चिकेनजस्ता खानाको पनि प्रयोग नगर्दा राम्रो हुन्छ । यसमा हाड्रोजनेटेड बोसो हुन्छ । जसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउन भूमिका खेल्छ ।

फ्रोजन फुडको बढी प्रयोग गर्ने प्रचलन छ । आइसक्रिम र प्याकेजिङ पपकर्नजस्ता खाद्यपदार्थको सेवनले पनि शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

तपाईको प्रतिक्रिया