Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – डन्डिफोर छालाको एक समस्या हो । यसले मानिसलाई कुरूप त बनाउँछ नै, छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।

आफ्नो छाला सुहाउँदिलो फेसवास प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ।

नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । अनुहार सफा गर्ने नाममा बारम्बार सफा पनि गर्नुहुँदैन । यसले अनुहारलाई फुस्रो बनाइदिन्छ ।

डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ ।

डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनुहुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ ।

डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानुहुँदैन ।

डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ ।

तपाईको प्रतिक्रिया