Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – गर्मीमा हामीले अत्यधिक सेवन गर्ने भनेकै जुस हो । बजारमा धेरै प्रकारका जुस पाइन्छ । त्यसमध्ये धेरैले रुचाउने भनेको उखुको जुस हो । गर्मीका वेला हामी प्रायजसोले उखुको रस मन पराउँछौँ । उखुको जुस पिउँदा यसका कैयौँ फाइदा छन् । जन्डिसका बिरामीलाई पनि यो जुसले केही हदसम्म ठीक गर्ने चिकित्सकहरूले बताउने गरेका छन् । तर, उखुको जुस सेवन गर्नुपूर्व केही कुराको ख्यालचाहिँ गर्नुपर्ने हुन्छ । पसल र मेसिनको सरसफाइ तपाईं उखुको रसको सौखिन हुनुहुन्छ भने फलफूल पसल र रस पेल्ने मेसिन कत्तिको सफा छ भन्नेमा पनि ध्यान दिनुहोस् । हामी धेरैले देखिरहेको कुरा उखुको जुस पेल्ने ठाउँवरिपरि झिँगा भन्किरहेको हुन्छ । त्यस्तो स्थानको जुस सकेसम्म नपिउँदा राम्रो हुन्छ ।

उखु चिनेर पेल्न भन्नुस्
हामी उखुको जुस खाने भनेर अर्डर गर्छौं, तर कस्तो खालको उखु हो, कतिसम्म राम्रो छ भन्ने कुराको ख्याल राख्दैनौँ । सम्भव भएसम्म उखु कत्तिको स्वस्थ छ भन्नेमा ध्यान दिनुपर्छ । सडेको उखुले स्वास्थ्यमा फाइदाको साटो हानि गर्छ । यस्तो उखुले पेटको समस्या पनि पैदागर्न सक्छ ।

ताजा जुस सेवन गर्नुस्
धेरै ठाउँमा तपाईंहरू जानुअघि नै जुस तयार पारिएको हुन सक्छ । तर, यस्तो जुस सकेसम्म नखानु नै राम्रो हुन्छ । उखुको रस ताजा पिउने हो भने मात्र फाइदा हुन्छ ।

तपाईको प्रतिक्रिया