Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

धरान – रेडक्रस सोसाईटीले विपद् जोखिम न्यूनिकरण (सिविडिआरआर) परियोजना सुरु गरेको छ । विपद् पूर्वतयारी र समुदाय उत्थानशिलता वढाउन नेपाल रेडक्रस सोसाईटी, रेडक्रसको अन्तराष्ट्रिय महासंघ र कोरियन रेडक्रसको हातेमालोमा नेपालका पूर्वी तराईका लक्षित समुदायमा आधारित विपद् जोखिम न्यूनिकरण (सिविडिआरआर) कोशी वेशिन परियोजना सुरु गरेको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

रेडक्रसको सुनसरी शाखा, धरानको आयोजनामा सञ्चालित कार्यक्रममा उदयपुर, सुनसरी र सप्तरी जिल्लाका चार गाउँ तथा नगरपालिकामा छ करोड नेपाली रुपैँयाको लागतमा सो परियोजना सञ्चालन हुनेछ । यसको लागि कोरियन रेडक्रसले कम्युनिटी चेष्ट अफ कोरिया मार्फत कोरियन कम्पनी सामसुङसँग आर्थिक साझेदारी गरेको छ । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापा र कोरियन प्रतिनिधिहरुले कोशी वेसिन परियोजनाको विवरण सहितको ताम्रपत्र सार्वजनिक गरी परियोजनाको औपचारिक सुरुवात गरेका हुन् ।

रेडक्रसको सुनसरी शाखा धरानमा आयोजित सिविडिआरआरको उद्घाटन कार्यक्रममा बोल्दै रेडक्रसका अध्यक्ष थापाले समुदाय, स्थानीय सरकार र रेडक्रसलाई एकै ठाँउमा ल्याउँदै विपद् जोखिम न्यूनिकरणको क्षेत्रमा  सामुहिक पहल गर्न यो परियोजनाले अवसर जुटाएको  बताउनुभयाे । रेडक्रसको अन्तराष्ट्रिय महासंघका नेपाल प्रमुख जुजा किमल परियोजनाले अन्तराष्ट्रिय महासंघको विपद् व्यवस्थापन गतिविधि, एक अर्वको साझेदारीको अवधारणा र दिगो विकासका लक्ष्यमा योगदान गर्ने बताउनुभयाे । सामसुङ इलेक्ट्रोनिक्सका यूवियम ओनले रेडक्रससँगको लामो साझेदारी गरिआउने क्रममा नेपालको संङकटग्रस्त समुदायहरुमा आफ्ना सहयोगी हातहरु  फैलाउन पाउँदा आनन्दीत भएको बताउनुभयाे । कोरियन रेडक्रसले नेपाल रेडक्रससँग काम गरेको एक दशक भन्दा वढी भएको बताउँदैै कोरियन रेडक्रसकी सुनही किमले सामसुङको साथमा नेपाल रेडक्रससँगको साझेदारीलाई वढाउँदै वाढीग्रस्त क्षेत्रमा विपद् जोखिमलाई न्युनिकरण गर्न सहयोगी हुन पाउँनु खुशीको कुरा भएको बताउनुभयाे । परियोजनाले  उदयपुरको वेलका नगरपालिका वडा नं १ र २, सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिको वडा नं १४ र तिलाथी कोइलाडी गाँउपालिकाको  वडा नं ५ तथा सुनसरी जिल्लाको वराहक्षेत्र नगरपालिकाको वडा नं ९ र १० क्षेत्रलाई समेटेको छ । २ वर्षे समुदाय केन्द्रीत परियोजनाबाट सो क्षेत्रका ७ हजार ५०० घरपरिवारका ३६ हजार ५०० भन्दा वढी प्रत्यक्ष लाभान्वित रहने नेपाल रेडक्रसका सञ्चार प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयाे ।

विपद् जोखिम न्यूनिकरका लागि आवास, जिविकोपार्जन, स्वास्थ्य, सरसफाई, लैङगिक समावेशिकरण, जलवायु परिवर्तन र शान्ति प्रवर्धनजस्ता विषयहरु परियोजनाले समेटेको छ । यो परियोजनाले स्थानीय नगरपालिकाहरु, विद्यालय, स्थानीय विपद् व्यवस्थापन समितिहरुसँग सहकार्य गर्दै संङकटसन्न समुदायहरुको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानव सिर्जित प्रकोपहरुको उचित व्यवस्थापन गर्ने, विशेषत वाढीका जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउने लक्ष्य राखेको छ । परियोजना गतिविधिहरुको परिकल्पना लक्षित क्षेत्रका सङकटासन्नता क्षमता विश्लेषणको आधारमा गरिएको हो ।

तपाईको प्रतिक्रिया