Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

रुपन्देही – चितवन र काठमाडौँमा बर्डफ्लुको सङ्क्रमण फेला परेपछि रुपन्देहीको नाकामा उच्च सतर्कता अपनाइएको छ । जिल्लाको सीमा क्षेत्र सुनौली, मर्चवार, धकधई, गजेडीलगायतका क्षेत्रमा जाँच कडा बनाइएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला इभियन इन्फ्लुयन्जा प्राविधिक समितिका संयोजक उदयबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँले क्वारेन्टाइन चेक पोष्टलाई निगरानीमा कडा हुन आग्रह गरेको उल्लेख गर्दै सूचना प्रवाह र जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन भएको बताउनुभयो । जिल्ला पशु सेवा कार्यालय, रुपन्देहीका प्रमुख डा विनय कर्णले जोखिमको क्षेत्र पहिचान गरी निगरानी बढाइएकामा जोड दिँदै जिल्लाका संवेदनशील क्षेत्र र आवतजावत हुने क्षेत्रमा विशेष ध्यान दिइएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया