Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं –  भारतका आयुर्वेदिक एक्सपर्ट र १० वटाभन्दा बढी स्वास्थ्यसम्बन्धि किताब लेखिसकेका डा. अबरार मुल्तानीले यस्तो डाइट प्लानबारे जानकारी दिएका छन् जसले तपाईं एक दिनमा एक किलो भन्दा बढी तौल घटाउन सक्नुहुन्छ । यो डाइट प्लानमा तपाईंले दुईवटा खानेकुरा खानुपर्छ । पनिर र अण्डा । यसका साथै ग्रिन टी पनि पिउनसक्नुहुन्छ । यो निकै सजिलो डाइट प्लान हो जसलाई जसले पनि फलो गर्न सक्छन् । यो डाइट प्लानमा भोको पनि बस्नुपर्दैन ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

डा. मुल्तानीका अनुसार यो एक हाई प्रोटिन र लो फ्याट कार्ब डाइट प्लान हो जसका कारण यसले शरिरको अतिरिक्त बोसो पगाल्न सहयोग गर्दछ ।

यो डाइटमा खाएका खानेकुरालाई पचाउन पनि शरिरको क्यालोरी खर्च हुन्छ जसले तौल कम गर्दछ ।

यदि तपाईंको पाचन क्रिया ठिक छ भने यो डाइटले तपाईंको १ देखि १.५ किलो तौल एकैदिनमा कम गरिदिन्छ ।

यो डाइटलाई महिनामा दुईपटक मात्र अनुसरण गर्न सकिन्छ ।

याद रहोस्, सय ग्राम पनिरमा २ सय ६५ क्यालोरी हुन्छ र एउटा अण्डामा ७५ ।

यदि तपाईंलाई कुनै स्वास्थ्य समस्या छ भने यो डाइट प्लान फलो नगर्नुहोस् ।

ब्रेकफास्टः

ब्रेकफास्टमा तपाईंले दुई सय ग्राम पनिर खानुहोस् । काँचो पनिरलाई स्लाइस गरेर काट्नुहोस् र त्यसमा बिरे नुन, कागती र मरिच हालेर खानुहोस् । साथै तपाईंले ग्रिन टी पनि खानुपर्छ । यदि चाहनुहुन्छ भने कालो चिया पनि पिउन सक्नुहुन्छ ।

लञ्चः

लञ्चमा तपाईंले तीनवटा उमालेको अण्डा खानुपर्छ । यसलाई अचार वा नुनसँग खान सकिन्छ । योसँग पनि तपाईंले ग्रिन टी वा कालो चिया पिउनसक्नुहुन्छ ।

साँझको ब्रेकफास्टः

साँझको ब्रेकफास्टमा चिया र ब्रेकफास्टमा जति पनिर खानुभएको थियो त्यती नै खानुहोस् । तपाईंले पनिरको साटो टोफू पनि खानसक्नुहुन्छ । यसलाई पनि तपाईं अचार वा नुन मिसाएर खान सक्नुहुन्छ ।

डिनरः

डिनरमा पुनः तीनवटा उमालेको अण्डा खानुहोस् । यदि तपाईंलाई डाइट फलो गर्दा भोक लाग्यो भने तपाईं गोलभेडा र काँक्रोको सलाद पनि खान सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया