Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

पाल्पा – स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले स्वास्थ्य क्षेत्रमा जरा गाडेर बसेको ठेकेदारी प्रथाको अन्त्य गर्ने बताउनु भएको छ । स्वास्थ्य कार्यालयका भवन निर्माणदेखि औषधि खरिदको जिम्मा लिने, तर समयमा पूरा नगर्नेहरुलाई कारबाही गरिने उहाँले बताउनुभयो ।

पाल्पा व्यापार संघको प्रथम साधारणसभा तथा अधिवेशनको आज तानसेनमा उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘काम गर्ने जिम्मा लिएर तीन÷चार वर्षसम्म पनि काम नगर्नेहरुलाई कारबाही गरिनेछ ।’ उहाँले स्वदेशी उत्पादनलाई वढवा दिनेगरी सरकारले योजना बनाएर अगाडि बढेको बताउनुभयो । स्वदेशीभन्दा विदेशी उत्पादनलाई वढवा दिने ठेकेदारहरु क्रमशः सरकारले निरुत्साहित गर्ने उहाँको भनाइ छ ।

मन्त्री अर्यालले सस्तो मूल्यको वहानामा विदेशी उत्पादनलाई वढवा दिने ती ठेकेदारको रबैयाले स्वदेशी उत्पादनलाई फस्टाउन नदिएको बताउनुभयो । विदेशी औषधिका पोका बोकेर सस्तोमा पाइन्छ भन्नेहरुको दिन अब सकिएको उहाँले लावी गर्नुभयो ।

तपाईको प्रतिक्रिया