Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं –  पछिल्लो समय मोटोपन धेरै मानिसका लागि चुनौतीका रूपमा देखिएको छ । अव्यवस्थित जीवनशैलीका कारण मोटोपनको समस्या देखिने गर्छ । तर, मोटोपनबाट सामान्यदेखि खतरनाकसम्मका रोग जन्मने गर्छन् । मोटोपन जति बढ्छ रोगको सम्भावना पनि त्यतिकै बढी हुन्छ । मोटोपनले उच्च रक्तचाप, मधुमेहजस्ता रोग लाग्ने गर्छ ।

-व्यवस्थित र सन्तुलित खानाका लागि तालिका बनाउने ।

-ब्रेकफास्ट मानिसका लागि निकै महत्वपूर्ण भएकाले अनिवार्य रूपमा लिने । तर, ओभर डाइट नहोस् भन्ने कुरामा पनि ध्यान पु-याउन आवश्यक हुन्छ ।

-बोसोयुक्त, चिल्लो, मसलेदार, भुटेको र तारेको खानेकुरा प्रयोग नगर्ने ।

-बजारमा पाइने जंकफुड र फास्टफुडलाई दैनिकीबाट हटाउने ।

-अत्यधिक गुलियो खानेकुराको प्रयोग नगर्ने ।

-उसिनेका खानेकुरालाई बढीभन्दा बढी प्राथमिकता दिने ।

-साग, गेडागुडीको प्रयोग त गर्ने तर सन्तुलन मिलाएर ।

-खानामा सलाद कहिल्यै नछुटाउने ।

-दैनिक रूपमा प्रशस्त मात्रामा पानीको प्रयोग गर्ने ।

-बिहानको समय कम्तीमा पनि आधा घन्टा व्यायामका लागि समय निकाल्ने । यसका लागि योग गर्न पनि सकिन्छ ।

-नजिकैको ठाउँमा पुग्नका लागि पनि सवारीसाधनको प्रयोग गर्ने प्रचलन छ । तर, छोटो दूरीका लागि सवारीसाधनभन्दा हिँडेरै पुग्दा राम्रो हुन्छ ।

मोटोपनले यस्ता रोग
मोटोपन आफैँमा रोग हो । जति मोटोपन बढ्दै जान्छ, त्यति नै आयु पनि छोटो बन्दै जान्छ । मोटोपनले शरीरमा बोसोको मात्रा बढाउँछ । जसले हाम्रो शरीरका अंगहरूको कार्य सञ्चालनमा अवरोध गर्छ । मोटोपनले उच्च रक्तचाप, मधुमेह, मुटुरोगलगायतका प्राणघातक रोग निम्त्याउँछ ।

तपाईको प्रतिक्रिया