Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025
काठमाडौँ – साझा सबाल मिडियाले बैदेशिक रोजगारलाई लक्षित गरि बैदेशिक रोजगार मोबाइल एप्सको शुभारम्भ गरेको छ । साझा सबाल मिडियाको पाचौं वार्षिक उत्सबको अवसरमा मोबाइल एप्सको शुभारम्भ गरिएको हो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बैदेशिक रोजगार व्यवसायी  संघका महासचिव नरेश गेलानले बैदेशिक रोजगार एप्सले सहि सूचना प्रवाह गर्नेमा विश्वास लिनुभयो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

उहाँले हाल बैदेशिक रोजगारका क्षेत्रका नकारात्मक समाचार मात्रै धेरै आएको भन्दै यस क्षेत्रले राष्ट्रको विकासमा पारेको सकारात्मक योगदानलाई पनि प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गेलानले हाल सरकारले बैदेशिक रोजगार मागपत्र प्रमाणीकरण कार्य दुतावासबाट हुने कार्यमा  म्यानपावर व्यवसायीले सहयोग गर्न तत्पर रहेको तर दुतावासका कर्मचारी गर्ने व्यवहार र कार्यशैली परिवर्तन हुनुपर्नेमा जोड दिनुभयो ।

हाल बैदेशिक रोजगारका सिन्डिकेट हटाउन सरकारले गरेको कार्यको संघ स्वागत गर्दछ ।  उहाँले भन्नुभयो गलत गर्नेलाई कानूनी कठघरामा ल्याउनुपर्छ तर निर्दोष पर्नुहुन्न ।

उहाँले पछिल्लो समय म्यानपावर व्यवसायको धरौटी बढ्ने चर्चा चलेको भन्दै यसका लागि एक समिति बनाएर गहन अध्ययन पश्चात सकारात्मक र नकारात्मक विषय हेरेर मात्र टुंगोमा पुग्नुपर्ने भन्दै व्यवसायीहरु हल्लाको पछाडी नलाग्न समेत आग्रह गर्नुभयो  ।

कार्यक्रममा बैदेशिक रोजगार विभागका निर्देशक रामकुमार थापाले सरकारले नै भरपर्दो तरिकाले बैदेशिक रोजगारीका सूचना प्रवाह गर्नुपर्ने ठाउँमा साझा सबालले बैदेशिक रोजगार मोबाइल एप्स ल्याएकोमा धन्यवाद दिनुभयो ।

मोबाइल एप्स ल्याएर मात्र हुँदैन, त्यसमार्फत दिने सूचना अपडेट गरेर हरेक कामदार र म्यानपावर विच जोड्नु चुनौतीपूर्ण छ । उहाँले भन्नभयो, बैदेशिक रोजगार विभागमा दैनिक गुनासाहरु आउने गरेका छन् त्यसलाई कम गर्न यस्ता एप्सले सहयोग पुगोस ।

कार्यक्रममा नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी फोरमका अध्यक्ष बिष्णु गैरेले बैदेशिक रोजगार मोबाइल एप्सले जनतामा सहि सूचना प्रवाह गर्न मद्त पुग्ने विश्वास लिनुभयो ।

उहाँले जनतामा सहि सूचना प्रवाह गराउन गरिने गर्ने यस्ता कार्यमा म्यानपावर व्यवसायी सदैब सहकार्य गरि अगाडी बढ्न तयार हुने धरणा व्यक्त गर्नुभयो ।

विगतमा व्यवसाय सुरु गर्दा ऐन समेत नभएको कारण व्यवसाय गर्न असहज भएको स्मरण गर्दै उहाँले हालको बैदेशिक रोजगार ऐन २०६४ समेत समय सपेक्ष संसोधन हुनुपर्नेमा जोड दिनुभयो  ।

बैदेशिक रोजगारमा जान चाहने तथा विदेशमै रहेकाहरुलाई दैनिक सूचना र बिबिध जानकारी दिने उदेश्यले बैदेशिक रोजगार नामक मोबाइल एपको औपचारिक सुरुवात गरिएको साझा सबालले जनाएको छ ।

साझा सबालले तीन बर्ष अघि परिक्षणको रुपमा मात्र सार्वजनिक गरेको बैदेशिक रोजगार नामक एपलाई यसअघि पाएको बिभिन्न सुझावको आधारमा यो एपलाई साझा सबालले थप फिचर सहित औपचारिक लन्च गरेको हो ।

यो मोबाइल एप प्रारम्भिक चरणमा एन्ड्रोइडमा मात्र सार्वजनिक गरिएको छ । यो मोबाइल एप यहाँ क्लिक गरि डाउनलोड गर्न सकिन्छ > https://goo.gl/53AJJn 

तपाईको प्रतिक्रिया