Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडाैं – सरकारी सेवा सम्बन्धी गुनासाहरुलाई अब सरकारले मोबाइल एपबाटै सुन्ने अवधराणा तयार गरेको छ । यसका लागि ‘नागरिक अधिकार’ मोबइल एप सञ्चालनमा ल्याउने गृहकार्य भइरहेको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

यो एप आधुनिक र सुविधाजनक हुनेछ । नागरिकले सजिलै प्रयोग गर्न सक्ने गरी यसको निर्माण गर्ने योजना छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले यस्तो एप निर्माणका लागि गृहकार्य थालिएको जनाएको छ । अहिले सरकारले ‘हेलो सरकार’ संयन्त्रमार्फत नागरिकको गुनासो लिइरहेको छ । बाबुरम भट्टराई ‘हेलो सरकार’मा समाजिक सञ्जाल र टेलिफोनमार्फत मात्रै गुनासो गर्न सकिन्छ ।

तर, अब सरकारका सेवा, सुविधा, नागरिरकका समस्या सिधा सम्बन्धित निकायमा पुग्ने गरी यस्तो एप बनाउन लागिएको हो । एकीकृत रुपमा सरकारका सबै निकायसम्बद्ध गुनासो सुन्न र सम्बोधन गर्नका लागि मोबइल एप सञ्चालन गर्ने योजना बनेको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताउनुभयाे । यस्तो एपमा सबै मन्त्रालय र सम्बद्ध निकायको गुनासो सोझै एपमार्फत कार्यलय प्रमुखसम्म पुर्‍याउन सकिने अवधारणा तयार गरिएको छ ।

यो एप बनाउन आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था हुनेछ । यसमार्फत आउने गुनासो प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा गुनासो सम्बोधन गर्न छुट्टै संयन्त्र पनि राख्ने तयारी छ । सरकारले नीति तथा कार्यक्रममा प्रत्येक मन्त्रालयमा समस्या समाधानका लागि छुट्टै व्यवस्था गर्ने उल्लेख गरेको छ । त्यही संयन्त्रलाई यसमा प्रयोग गर्न सकिने अधिकारीहृरु बताउँछन् ।

तपाईको प्रतिक्रिया