Deneme Bonusu Veren Siteler
शुक्रबार, माघ ११, २०८१
Friday, January 24, 2025

काठमाडौं –  फेसबुकका संस्थापक मार्क जुकरबर्गले युरोपेली संसद्समक्ष माफी मागेका छन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

क्याम्ब्रिज एनालिटिका प्रकरण र फेसबुकमा आउने फेक न्यूजप्रति जुकरबर्गले माफी मागेका हुन् । क्याम्ब्रिज एनालिटिकाले आफ्नो राजनीतिक अभियानका लागि ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको गोप्य डाटा चोरेको आरोप लाग्दै आएको छ ।

यद्यपि एनालिटिकाले यो आरोपको खण्डन गर्दै आएको छ र गलत आरोपका कारण व्यवसायमा असर परेको भन्दै आफ्नो कार्यालय बन्द गरेको घोषणा गरिसकेको छ । युरोपेली सांसदका प्रश्नको जवाफ दिँदै जुकरवर्गले फेसबुकका टुल्सलाई हानी पुर्‍याउनका लागि प्रयोग गरिएको बताउँदै खेद प्रकट गरेका थिए ।

उनको भनाइबाट युरोपेली संसद्का सबै सदस्य सन्तुष्ट नभएको बताइएको छ । केही सांसदहरुको जिज्ञासाको जवाफ जुकरबर्गले नदिएपछि सांसदहरु असन्तुष्ट भएका हुन् ।

यसअघि गत अप्रिलमा जुकरबर्गसँग अमेरिकी संसद्मा सवाल जवाफ गरिएको थियो । तर, युरोपेली सांसदहरुसँगको सवाल जवाफको तरिका भने अमेरिकी संसद्को भन्दा फरक थियो ।

सबै सांसदहरुले एउटा प्रश्न सोधिसकेपछि जुकरबर्गले ती सबै प्रश्नको एकमुष्ट जवाफ दिएका थिए । तर सबै जिज्ञासाहरुको जवाफ नदिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया