Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – नेपाल टेलिकमको डाटा सेवाका प्रयोगकर्ता एक करोड भन्दा बढी पुगेका छन् । कम्पनीले भर्खरै प्रकाशित गरेको एमआईएस रिपोर्टअनुसार डाटा सेवाका प्रयोगकर्ता १ करोड १ लाख ५४ हजार पुगेको जनाएको छ ।

टेलिकमका अनुसार जीएसएम डाटा सेवामा ९७ लाख ९५ हजार १ सय, सीडीएमए डाटा सेवामा १ लाख ३६ हजार ५ सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका १ लाख ९९ हजार ७ सय प्रयोगकर्ता रहेका छन् । टेलिकमले २०७४ चैतसम्मको नतिजा सार्वजनिक गरेको हो । असार मसान्त सम्ममा कम्पनीको डाटा सेवाका ग्राहक ८४ लाख २५ हजार ८ सय ९४ रहेकोमा २०७४ चैत अन्त्यसम्ममा यो संख्या १ करोड १ लाख ५४ हजार पुगेको टेलिकमले जनाएको छ ।

टेलिकमका अनुसार २०७४ चैत मसान्तसम्म नेपाल टेलिकमका फोरजी डाटा प्रयोगकर्ता ५ लाख ५९ हजार १ सय ७२ रहेका छन् ।

तपाईको प्रतिक्रिया