Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं– जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि साधारण सेयर (आइपिओ) बिक्री खुला गरेको छ। कम्पनीले मंगलबारदेखि निष्काशन गरेको आइपिओमा इलाम नगरपालिका वडा नम्बर १, ३ र ४ का स्थानीयबासीले आवेदन दिन सक्नेछन्।

कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ३ लाख ७१ हजार ४ सय कित्ता आइपिओ जारी गरेको हो। कम्पनीको आइपिओमा छिटोमा जेठ २२ गतेसम्म र ढिलोमा (माग अनुसार आवेदन नपरेमा) असार ११ गतेसम्म आवेदन भर्न पाउने व्यवस्था छ।

कम्पनीको आइपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। आवेदकले इलाम जिल्लामा रहेका सिद्धार्थ बैंक, एक्सेल डेभलपमेन्ट बैंक र कन्काई विकास बैंकका शाखाबाट आइपीओका लागि आवेदन दिन सक्नेछन्।

तपाईको प्रतिक्रिया