काठमाडौं – यहाँ आज हामी तपाईंलाई यस्तो डाइट प्लानबारे जानकारी दिँदैछौं जसमार्फत तपाईं पाँच दिनमा तीन किलो तौलसम्म घटाउन सक्नुहुनेछ । यो डाइट प्लान जर्ज हररोपले जोन्स हपकिन्स युनिभर्सिटीमा सन् १९३४ मा बनाएका थिए । सुरुमा यसलाई मधुमेह रोगीका लागि बनाइएको थियो तर यो छिटो तौल कम गर्नका लागि चर्चित भयो । यो स्टार्ट अप डाइट प्लान हो । अर्थात् यसलाई तोकिएको अवधिसम्म मात्र पालना गर्नुपर्छ । यसलाई तपाईं निरन्तरता दिन सक्नुहुन्न । यसलाई दुध र केरा डाइट प्लान पनि भनिन्छ ।
के भन्छन् विज्ञः
यो डाइट प्लानबारे जब आयुर्वेदिक विज्ञ र स्वास्थ्य क्षेत्रमा १० भन्दा बढि किताब लेखिसकेका डा. अबरार मुल्तानीसँग कुरा गर्दा उनले केरा र दुधमा सबै पौष्टिक तत्व हुने भएकाले यसले शरिरलाई तीनदेखि पाँच दिनसम्म मज्जाले चलाउन सक्ने जानकारी दिए ।
यो डाइटले शरिरलाई आवश्यक पौष्टिक तत्व त प्रदान गर्छ नै तर क्यालोरी हजारभन्दा कम पाइन्छ ( एउटा केरामा सय क्यालोरी र १ कप दुधमा ८० क्यालोरी) जसका कारण शरिरले तीब्र रुपमा आफूभित्र जमेको फ्याटलाई बर्न गर्न थाल्छ ।
केरामा फाइबर र पोटासियमको मात्रा अत्यधिक हुन्छ । यो खाँदा पेट भरिएको महसुस हुन्छ र चाँडै भोक लाग्दैन । यस्तै, दुधमा प्रोटिन र क्याल्सियमको मात्रा अत्यधिक हुने भएकाले शरिरलाई कमजोर हुनबाट जोगाउँछ ।
याद राख्नुपर्ने कुराः
महिलाले यो डाइट प्लानलाई महिनावारीका बेला अपनाउनु हुँदैन । साथै, यदि कसैलाई केरा वा दुधको एलर्जी छ भने पनि यसलाई फलो नगर्नुहोस् ।
ब्रेकफास्टः
दुईवटा पाकेको केरा र एक गिलास दुध । दुधबाट तर निकालिएको हुनुपर्छ । दुध मनतातो पिउनुहोस् ।
लञ्चः
ब्रेकफास्टजस्तै यसमा पनि दुईवटा पाकेको केरा र एक ग्लास तर निकालिएको दुध । यसमा चिनी हाल्नुहुँदैन ।
डिनरः
दुई पिस काँक्रो, दुईवटा गोलभेडा र दुई ठूलो चम्चा पनिरमाथि हल्का नुन छरेर खानुहोस् । यसका साथै, दुईवटा केरा र एक कप दुध पिउनुहोस् ।
राती सुत्नुअघिः
चिनी नहालिएको कालो चियो वा कफी पिउन सक्नुहुन्छ ।
परिवर्तनः
हरेक डाइटका लागि प्रत्येक शरिरले भिन्न तरिकाले रेस्पोन्स गर्छ । त्यसकारण यदि यो डाइट प्लान फलो गर्दा तपाईंलाई कमजोरी महसुस भए यसमा तपाईं परिवर्तन पनि गर्न सक्नुहुन्छ ।
तपाईं यसमा साग सब्जीको सुप, ओट्स र ह्वीट सेरेलक समावेश गर्न सक्नुहुन्छ । ड्राइफ्रुट र केही फलफूल पनि खान सक्नुहुन्छ ।