Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।  चिकित्सकको सल्लाहअनुसार उहाँलाई थाइल्याण्डको ब्रुमग्राड अस्पताल लगिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३ः३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ लगिएको हो ।

लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मरमुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया