Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – रसुवागढी भन्सार कार्यालय टिमुरेले चालु आर्थिक वर्षको वैशाखमा लक्ष्य भन्दा दुइ गुणा बढी राजस्व संकलन गरेको छ । बैसाख महिनामा ३२ करोड ६७ लाख राजस्व असुली गर्ने लक्ष्य राखेकोमा ७३ करोड ६१ लाख ७७ हजार रुपैयां असुली भएको रसुवागढी भन्सार कार्यालयले बताएको छ । भन्सारले चालु आर्थिक वर्षको १० महिना मध्य बैशाखमा लक्ष्य भन्दा दुइ गुणा बढी राजस्व संकलन गरेको रसुवागढी भन्सार कार्यालयका सूचना अधिकारी धर्मराज सुवेदीले बताउनुभयो ।

चालु आर्थिक वर्षको दश महिनामा भन्सारले ३ अर्ब ३ करोड ९९ लाख राजस्व संकलन संकलन गरेको रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत गोपाल कोइरलले जानकारी दिनुभयो । उहाँका अनुसार रसुवागढी नाकाबाट वर्षेनि सामान आयात हुने क्रम बढ्दै गएको छ । उत्तरी चीन जोडने रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि गते देखि विधिवत रुपमा सञ्चालनमा आएको हो । २०७२ बैशाख १२ गतेको भूकम्पले केहि महिना रसुवागढी नाका बन्द भएको थियो । भूकम्पका कारण तातोपानी नाका बन्द भएपछि चीनबाट हुने धेरैजसो आयात २०७२ मंसिरदेखि यही नाकाबाट हुँदै आएको छ ।

रसुवागढी नाकालाई २०७४ भदै १४ गते चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको छ । दैनिक करोडौँ राजस्व संकलन हुने गरेपनि भन्सारमा पर्याप्त मात्रामा भौतिक पूर्वाधार नहुँदा धेरै समस्या रहेको छ । रसुवागढी भन्सारमा पर्‍याप्त कन्टेनर पार्किङ गर्ने र्‍याड छैन ।

तपाईको प्रतिक्रिया