Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – धुलो तथा धुवाँका कारण आँखामा समस्या आउँछ । शरीरको सबैभन्दा संवेदनशील अंग आँखाको हेरचाहमा हामीले निकै ध्यान दिनुपर्छ । सानो गल्तीले आँखामा ठूला समस्या आउन सक्छ । त्यसैले यसको स्याहारमा ध्यान दिनुपर्छ । आँखालाई स्वस्थ नराख्दा आँखा चिलाउने, इन्फेक्सन हुनेजस्ता रोग देखा पर्छन् । आँखामा धुलो परेर समयमा उपचार नगर्दा आँखा फुट्ने, आँखा देख्न बन्द हुनेजस्ता समस्या देखिन्छन् ।

सडकको धुलो, गाडीबाट निस्कने धुलो–धुवाँको कारण आँखामा इन्फेक्सन हुनुका साथै आँखा चिलाउन सक्छ । त्यसैले हातले आँखामा छुनु हुँदैन । सफा पानीले हात, मुख धुनुपर्छ ।

घरबाट बाहिर निस्कँदै हुनुहुन्छ भने शरीरका सबै भाग छोपेर हिँड्दा राम्रो हुन्छ । यसो गर्दा शरीरबाट आँखामा धुलो छिर्न पाउँदैन । बाहिर हिँड्दा आँखामा चस्मा प्रयोग गर्नुहोला । चस्माले अाँखामा धुलो पर्नबाट रोक्छ । सबैलाई आँखामा पावर चाहिन्छ भन्ने छैन । त्यसैले आँखाको सुरक्षाका लागि जस्तो भए पनि चस्मा प्रयोग गर्दा जोखिम हुँदैन ।

बिहान र बेलुका कम्तीमा दुईपटक सफा पानीले आँखा पखाल्नुपर्छ । सामान्य आँखाको आँसुले धुलोका कण निकाल्न सहयोग गर्छ । राजधानीमा धुलो धुवाँको भयाभह स्थिति भएकाले बिहान–बेलुका सफा पानीले पखाल्दा राम्रो हुन्छ ।

आँखामा धुलो प-यो भने मिच्नु हुँदैन । आँखा मिच्दा आँखामा धुलोको कण रगटिने हुँदा रातो हुन्छ । रातो भाग बढ्दै जाँदा यसले दृष्टिविहीन हुन सक्छ ।

आँखा छिटो–छिटो बन्द गर्दै, खोल्दै गर्नुपर्छ । लगातार आँखा हेरिरह्यो भने आँखामा धेरै धुलो पर्छ । आँखा छिटो–छिटो बन्द गर्दै खोल्दै गर्दा आँखामा धुलो कम पस्छ । र, आँखा धुलोबाट जोगाउन सकिन्छ ।

तपाईको प्रतिक्रिया