Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – भारतले बाग्मती, लालबकैया र कमला नदीमा तटबन्ध निर्माणका लागि सरकारलाई १८ करोड ७४ लाख अनुदान प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा आज आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मन्जिभसिंह पूरीले मन्त्रालयका सचिव सञ्जय शर्मालाई १८ करोड ७४ लाखको चेक हस्तान्तरण गर्नुभयो ।

नदी तालिम तथा तटबन्ध निर्माण कामले लालबकैया, बाग्मती र कमला नदीमा बाढी नियन्त्रण र जलस्रोत व्यवस्थापन गर्ने मन्त्रालयले जनाएको छ । यी नदी प्रभावित क्षेत्रमा बसोबास गर्ने लाखौँ नागरिकलाई बाढीबाट जोगिनका लागि सरकारले भारत सरकारको सहयोगमा कामअघि बढाएको हो ।

तपाईको प्रतिक्रिया