Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

धनगढी – १२ वर्षमा पाचौ पटकको मितिमा कैलाली जिल्ला खुल्ला दिशामुक्त घोषणा भएको छ । १२ वर्षअघि २०६३ सालमा जिल्लाको तत्कालिन पवेरा गाविसको छोटी पलिया गाउलाई कैलाली तथा तत्कालिन सुदुरपश्चिमको पहिलो बस्तीको रुपमा खुल्ला दिशामुक्त घोषणा गरिएको थियो ।

तत्कालिन सुदुरपश्चिम तथा हालको ७ नम्बर प्रदेशमा सवैभन्दा पहिला खुल्ला दिशामुक्त अभियान सुरु गरिएको कैलाली जिल्लालाई आईतवार अन्तिम जिल्लाका रुपमा खुल्ला दिशामुक्त घोषणा गरिएको छ । ७ नम्बर प्रदेशको अन्तिम तथा नेपालकै ५१ औ जिल्लाका रुपमा कैलालीलाई खुल्ला दिशामुक्त घोषणा गरिएपछि प्रदेश नम्बर ७ पनि आईतवारदेखि खुल्ला दिशामुक्त प्रदेश भएको छ ।

खुल्ला दिशामुक्त जिल्ला भएको सार्वजनिक प्रतिबद्धता सहित जिल्ला समन्वय समितिका प्रमुख सूर्य बहादुर थापाले जिल्लालाई खुल्ला दिशामुक्त भएको घोषणा गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया