शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – जेलमा रहेका एक कैदीले आफू मुक्त हुन सर्बोच्च अदालतको नक्कली फैसला गरेका छन् ।

लागूऔषध मुद्दामा केन्द्रीय कारागार जगन्नाथदेवलमा कैद भुक्तान गरिरहेका सुनिल तामाङले सर्बोच्चबाट हुँदै नभएको फैसला बनाएर कारागार प्रशासनमा पेस गरेका हुन् ।

सुनिललाई काभ्रे घर भई सामाखुशी बस्ने नानु तामाङ भेट्न गएका थिए । उनले सर्बोच्चबाट बैशाख २० मा अवकाश पाइसकेका न्यायाधीशले संयुक्त इजलासबाट फैसला भएको भन्दै फोटोकपी लगेर जेलमा रहेका दाजु सुनिललाई बुझाएका थिए ।

तामाङले आफू एक बर्ष अघि नै छुट्न पाउनुपर्ने दाबी गर्दै कारागार प्रशासनमा पत्र बुझाएपछि नक्कली फैसला भएको खुलेको हो । तामाङले बुझाएको किर्ते फैसलामा न्यायाधीश प्रेम शर्मा र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले बैशाख २० गते फैसला सुनाएको उल्लेख छ ।

किर्ते फैसलामा तामाङको एक बर्ष जेल घटाउने निर्णय भएको उल्लेख छ । –

तपाईको प्रतिक्रिया