शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं –  मोदी–ओली एउटै पोसाकको रहस्य

जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियोे कि आकस्मिकता ? शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो ।

एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए । भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो ।

यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।

तपाईको प्रतिक्रिया