काठमाडौं – वास्तविक लोकदोहोरीको झल्को दिने गीत भर्खरै मात्र बजारमा आएको छ । लोक प्रिय गायिका शान्ती श्री परियारको शब्द लयमा सजिएको “हाँसी हाँसी बोल मायाले” बोलको गीतमा मेक्सम खाती क्षेत्री र परियारको आवाज रहेको छ ।
गीतमा संगीत पनि परियारकै रहेको छ । एकता फिल्म प्रा.लीले बजार व्यवस्थापन गरेको गीतको म्युजिक भिडियोको निर्देशन दुर्गा पौडेलको रहेको छ । अभिनयमा मेक्सम खाती र शान्ती श्री परियारका साथै सर्जक नरेश खातीलाई पनि देख्न सकिन्छ ।
शन्तीलाई लाइभ दोहोरीकी क्वीन भनेर चिन्ने धेरै छन् । र यो गीतले त्यस्तै झल्को पनि दिएको छ । गायक मेक्सम गायन सँगसँगै अभिनयमा पनि देखिन थाल्नुभएको छ । उहाँको अभिनयको पनि राम्रो प्रतिक्रिया आइरहेको छ ।
गायक मेक्समले थुप्रै गित गाउनुभएको छ तर पछिल्लो समयको रुदै रुदै तिम्रो शहर बोलको गीतले उहाँको हाईट एकदमै माथि उठाउन सफल भएको थियो ।
समग्रमा यो गीतले प्रत्यक्ष लोकदोहोरीको झल्को दिएको भनेर युटुबमा राखिएको गीतमा प्रतिक्रिायाहरु आइरहेको छ । समुद्रपारी डटकमको तर्फबाट शान्तीलाई गीतको सफलताको शुभकामना । गायनसँगै अभिनयमा देखिन थालेका मेक्समलाई पनि प्रगतीको कामना ।