शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षालाई मध्यनजर गरेर प्रहरीले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको माओवादीमाथि निगरानी बढाएको छ ।

मोदीको भ्रमणका क्रममा कालोझण्डा देखाउन सक्ने भएकाले प्रहरीले मुख्यालयको निर्देशनमा निगरानी बढाएको हो ।

स्रोतका अनुसार विप्लव माओवादी र ग्रेटर नेपाल अभियान सम्बद्धहरुलाई बढी निगरानी राखिएको छ । मोदी भ्रमण अवधिभर कुनै पनि सार्वजनिक स्थानमा विरोध प्रदर्शन, जुलुस वा भिड जम्मा नहोस् भनेर प्रहरीले सतर्कता बढाएको छ ।

तपाईको प्रतिक्रिया