शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं –  सरकारले निजामती कर्मचारीले पाउँदै आएको भत्ता सुविधामा ठूलो मात्रामा कटौती गर्ने निर्णय गरेको छ । यसरी भत्ता कटौती गर्दा राज्यलाई झन्डै ६ अर्ब रुपैयाँ व्ययभार कम पर्ने सरकारी दावी छ ।

आगामी साउन १ गतेदेखि स्थानीय भत्ता र महँगी भत्ताबाहेक सबै प्रकारका भत्ता कटौती गर्ने निर्णय सरकारले गरेको हो ।

मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले अर्थमन्त्रालयले प्रस्ताव गरेको सार्वजनिक खर्चमा मितव्ययिता गर्ने नीति पारित गरेको छ । नीतिमा करिब तीन दर्जन कार्यक्रम राखिएका छन् ।

तपाईको प्रतिक्रिया