Deneme Bonusu Veren Siteler
बुधबार, आश्विन १६, २०८१
Wednesday, October 2, 2024

काठमाडौं – सरकार बजेट विनियोजनको पूर्वसन्ध्यामा रहँदा संघीयता अनुसार पहिलो पटक निर्माण हुन लागेको बजेटको आकार बढ्ने विभिन्न निकायले बताइरहेका छन् । अर्थशास्त्रीहरुले भने बजेटको आकार नबढाउन सरकारलाई सुझाव दिएका छन् ।

उनीहरुले सरकारले चालु खर्च बढाउन बजेटको आकार बढाउनु राम्रो नभएको टिप्पणी गरेका छन् । अर्थशास्त्री रामेश्वर खनालले विकास निर्माणको नाममा सरकारले बजेटको अकार बढाउन नहुने बताउनुभयो । खनालले अघिल्लो वर्षकै बजेट (१२ खर्ब ८९ अर्ब)को हाराहारीमा भन्दा बजेट नबढाउन सरकारलाई सुझाव दिनुभएको छ । बजेट बढ्दा विकास निर्माणको कामभन्दा पनि बैंकिङ क्षेत्रमा तरलता अभाव सिर्जना भएर विकास(निर्माणमा असर पर्ने खनालको तर्क छ । बजेटको विनियोजनभन्दा पनि आर्थिक सुधारको चुनौतीलाई विशेष प्राथमिकतामा राख्नुपर्ने खनालले बताउनुभयो ।

राष्ट्रिय योजना आगोगका पूर्व उपाध्यक्ष एवं अर्थविद् डा शंकर शर्माले अर्थमन्त्रीले संसदमा बजेटको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै पूर्वाधार, सामाजिक क्षेत्रमा प्राथमिकता दिनेबारे राखेको कुरा सकारात्मक भएको टिप्पणी गर्नुभयो । तर, त्यसका लागि नीतिगत कुरामा सुधार गर्न आवश्यक रहेको उहाँको तर्क छ । डा शर्माले वित्तीय अनुशासनलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक तथा अर्थविद् केशव आचार्य अर्थमन्त्रीले संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताबारे प्रस्तुत गरेको प्रस्तावले अबको बजेट ठूला आयोजनामा विनियोजन गर्ने देखिएको र यो सकारात्मक रहेको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया