शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौं –  सांसदहरुले चालु आर्थिक वर्षभित्र खर्चने गरी ‘निर्वाचन क्षेत्र विकास कार्यक्रम’ शीर्षकको ५० लाख र ‘निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम’ शीर्षकको ३ करोड रुपैयाँ बजेट तत्काल निकासा गराउन सरकारमाथि दबाब बढाएका छन् ।

आर्थिक वर्ष २०७४/७५ सकिन दुई महिनामात्र बाँकी रहँदा सांसदहरुले यही अवधिभित्र खर्च गर्न उक्त रकम निकासा खोजेका हुन् ।

संघीय संसदमा बुधबार बजेटका सिद्धान्त र प्राथमिकता पेश भएलगत्तै एमालेका करिब ३५ सांसद भेला भई प्रधानमन्त्री केपी ओलीलाई बजेट निकासाका लागि आग्रह गरेका हुन् । यो रकम निकासा दिदा राज्यलाई ६ अर्ब ६२ करोड रुपैयाँको आर्थिक भार थपिने छ ।

तपाईको प्रतिक्रिया