Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडौं – मौसम परिवर्तन हुने क्रममा भाइरलका कीटाणु सक्रिय हुने गर्दछन् । जसका कारण भाइरलका बिरामी धेरै भेटिन्छन् ।

भाइरल ज्वरोका लक्षण

ज्वरो आउने, घाँटी दुख्ने, चिलाउने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुने, अत्यधिक ज्वरो आउने, टाउको दुख्ने, शरीरका जोर्नी दुख्ने, थकाइ लाग्ने, काम गर्न मन नलाग्ने, जाडो हुने, खोकी लाग्ने, नाकबाट पानी बग्नेजस्ता लक्षण देखा पर्दछन् ।

बच्ने उपाय

संक्रमण भएको क्षेत्रमा जानुहुँदैन । धेरै भिडभाड, हुलमुलमा नजाने तथा घरमा कसैलाई यो संक्रमण भएको छ भने बिरामीसँग लसपस नगर्ने, बिरामीले प्रयोग गरेका सामग्री अरूले प्रयोग नगर्ने, मास्क प्रयोग गर्ने र बिरामीसँग करिब एक मिटरको दूरी कायम गर्ने, बाहिरबाट घर आएपछि अनिवार्य रूपमा साबुनपानीले हातगोडा धोएर मात्र अन्य सामान छुनुपर्छ ।

झोलयुक्त खाद्यपदार्थ सेवन गर्नुपर्छ । प्रशस्त मात्रामा आराम गर्नुपर्दछ । पोषिलो खानेकुरा प्रशस्त खानुपर्छ । जसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।

तपाईको प्रतिक्रिया