Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – हृदयाघात मानिसलाई लाग्ने मुटुसम्बन्धी रोगमध्ये सबैभन्दा खतरनाक हो । कुनै पनि समयमा यो रोगले आक्रमण गर्न सक्ने हुनाले सम्भावित व्यक्ति या आफन्तले विशेष सजगता अपनाउनु आवश्यक हुन्छ । विश्वमा हुने मानव मृत्युमध्ये २५ देखि ३५ प्रतिशतको कारण हृदयाघात रहेको पाइन्छ । यो रोगका लक्षण र यसबाट बच्न अपनाउन सकिने उपाय निम्न छन् :

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

लक्षण

छातीको बीच भागमा धेरै पीडा हुनु हृदयाघातको प्रमुख लक्षण हो । यस्तो पीडा सहन नसकिने गरी पनि हुन्छ । यो पीडा बायाँ पाखुरा, चिउँडो, घाँटीतर्फ बिस्तारै सर्दै जान्छ । छातीको पीडासँगसँगै वाकवाकी लाग्ने र उल्टी पनि हुने हुन्छ । त्यस्तै, चक्कर लाग्ने तथा धेरै पसिना पनि आउन सक्छ । यही कारणले श्वासप्रश्वासमा गाह्रो हुनुका साथै दम पनि बढ्छ ।

बच्ने उपाय

यो रोग अव्यवस्थित जीवनशैलीका कारण धेरैलाई लाग्ने गर्छ । त्यसैले हृदयाघातबाट बच्ने सहज उपाय भनको जीवनशैली स्वस्थ बनाउनु हो । नुन, चिल्लो र कोलेस्ट्रोल कम भएको हरियो सागपात, गेडागुडी र फलफूल बढी भएको आहार सेवन गर्नुपर्छ । नियमित व्यायाम, धूम्रपान त्याग, शारीरिक तौल नियन्त्रण आवश्यक हुन्छ । त्यस्तै, उच्च रक्तचाप कोलेस्ट्रोल र मधुमेह नियन्त्रण, मानसिक तनाव मुक्ति आदि स्वस्थ जीवनशैली पद्धतिबाट धेरै हदसम्म हृदयाघातको रोकथाम गर्न सकिन्छ ।

हृदयाघात ज्यानमारा रोग हो । छाती दुख्न सुरु भएको समयलाई हृदयाघातको सुरु भनी मान्नुपर्छ । समयमै उपचार भए मुटुलाई जोगाउन पनि सकिन्छ, तर ढिला भइसकेपछि केही गर्न सकिँदैन । मुटुको मांसपेशी अक्सिजन र ग्लुकोजविना पनि केही समय बाँच्न सक्छ ।

छाती दुख्न सुरु भएको एक घन्टाभित्र रगतको थेग्रो जमी बन्द भएको कोरोनरी रक्तनलीलाई औषधि दिएर वा अन्य उपाय एन्जियोप्लास्टीबाट खोल्न सकियो भने मुटुलाई पूर्ण रूपमा जोगाउन सकिन्छ ।

छाती दुखेको ६ घन्टा नाघिसकेपछि जति ढिलो हुन्छ, त्यति नै मुटु क्षतिग्रस्त हुन्छ । एकपल्ट मुटुको मांसपेशी मरिसकेपछि त्यसलाई फर्काउन सकिँदैन । मुटु सदाका लागि कमजोर हुन्छ र हार्टफेल हुन्छ ।

एकपल्ट हृदयाघात भएको मान्छेले जीवनभरि औषधि सेवन गर्नुपर्छ । हृदयाघात जीवनभरि दोहोरिन सक्छ । त्यसैले हृदयाघातबाट बच्ने उपायहरू अवलम्बन गर्नुपर्छ ।

तपाईको प्रतिक्रिया