Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – आकाश पल इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्र ‘कुम्भ कारण’को अष्ट्रेलिया रिलिज पक्का भएको छ । आकाश पल इन्टरटेनमेन्ट र अष्ट्रेलियाको ग्लोबल मिडिया रिसर्च सेन्टरको तर्फबाट गणेश मल्ल ठकुरी बीच सम्झौता भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

चलचित्र ‘कुम्भकरण’को अष्ट्रेलियाको कपी राइट्स १२ लाखमा बिक्री गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र यही असार ८ गते नेपाल र अस्ट्रेलियामा एकसाथ प्रदर्शनमा आउन लागेको हो ।

चलचित्रमा गौरव पहाडी, निशा अधिकारी, भोला सापकोटा, अभय बराल, आकाश पल, प्रमोद अग्र्हारी, कमल गाउँले, सदभाव थापा लगायतको मुख्य भूमिका रहेको छ ।

दीपक ओली निर्देशित चलचित्रलाई बिजय श्रेष्ठ, गिर प्रसाद घर्तीमगर, चित्र बहादुर घर्तीमगर र क्षितिज बस्नेतले मिलेर निर्माण गरेका हुन् । चलचित्रका कार्यकारी निर्माता रोम ओली र चुपनिधि रिजाल (अरुण) हुन् भने लाइन निर्माताको रुपमा सरिता गिरी रहेकी छिन् ।

कुम्भ करणको यस अघि नै सार्वजनिक ‘कुटु कुटु यो मुटु खाने भो’ बोलको गीत चर्चामा रहेको छ ।

तपाईको प्रतिक्रिया