Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौँ -झापा दमकका अशोक दर्जी पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेका छन् । निम्न वर्ग परिवारमा जन्मिएका दर्जीमा सानो उमेर मै निकै अदभूत गायन क्षमता भएको छ । जसले गर्दा छोटो समयमा नै चर्चामा रहेका छन्।

आजभोलि दर्जीको चर्चा चुलिएको छ। आफ्नो प्रतिभा प्रस्तुत गरिरहेको भिडियो मार्फत उनी एकाएक चर्चामा आएका हुन्। दर्जीले बाटोमा, होटलमा दिनभर गीत गाउँथे र जम्मा भएको थोरै रकमले परिवारको सामान्य आवश्यकता धानिरहेका थिए। उनी भाइरल भएपछि थुप्रै मिडियाहरू अन्तरवार्ता र उनको प्रतिभालाई सबैमाझ पु¥याउनको लागि पछि लागेका छन् । अन्तर्वार्तामा उनले आफ्नो प्रतिभापनि देखाउदै आएका छन् ।

दर्जीले एक अन्तरवार्तामा एउटा राज खोले । दर्जीले भने , “दिदीले मलाई पढाई दिन्छु भनेर लग्दा बाबाले रातको १२ बजे लिन आउनु भो । पढ्न रूचि देखाएका दर्जी आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न नपाएका हुन्  । अहिले दर्जीलाई उर्लाबारीमा रहेको बेथेल एजुकेशन एकेडेमीले १० कक्षासम्म निःशुल्क पढ्ने र बस्ने व्यवस्था मिलाइएका छन् । उनी स्कुल पनि जान थालिसकेको छ।

स्कुलको पहिलो दिनमा सम्पूर्ण स्कुल परिवारले उनलाई राम्रो स्वागत गरेको थियो।  दर्जीले आफ्नो पहिलो गीत रेकर्डिङ गराएका छन्।  आफ्नो पहिलो गीत नेपालका एक टप गायक तथा सङ्गीतकार टंक बुढाथोकीसँग रेकर्डिङ गराएका छन्।

दर्जीको पहिलो “मन बिनाको धन ठुलो कि धन बिना को मन “बोलको गीत काठमाडौँ पुतलीसडक स्थित स्टुडियो ९ मा रेकर्डिङ्ग गराएका छन्।
थप भिडियोमा
https://www.youtube.com/watch?v=3NsvUz7nSy0&t=11s

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया