काठमाडौं – पछिल्लो समय नेपाली सिनेमाले प्रचारमा नयाँ–नयाँ तरिका अपनाउने गरेका छन् ।
त्यस्तै यही वैशाख १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी डेज’ले उपत्यकामा रथ यात्रा गर्ने भएको छ । निर्माण टिमले चलचित्रको हाइप सिर्जना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाउने छ ।
साेमबार १० गते, सोमबार बिहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ ।
त्यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तीनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ । मिलन चाम्स निर्दे्शित सिनेमा ‘लिलीबिली’ अहिले सफलताको दोस्रो सातामा प्रदर्शनरत छ ।
लगालग चलचित्र रिलिजको दौडधुपमा रहेका चाम्सले ‘ह्याप्पी डेज’को प्रचारमा व्यापक बनाउँदै छन् ।चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आइको ब्यानरमा निर्मित चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, सञ्जय गुप्ता, दिया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।
साढे २ करोडको बजेटमा निर्माण भएको चलचित्रमा बिपी खनाल, भवानी शर्मा, हिराल जोशी, मिलन चाम्स र डा. अशोक खनाल निर्माताका रूपमा रहेका छन् ।