Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

बैशाख पहिलो साता देखि नै बक्स अफिस इ टिकेटिङ सिष्टम लागु गर्न तयार देखिएका हलवालाहरु नै अहिले बिरोधमा देखिएका छन् । नेपाल सरकारले चलचित्र क्षेत्रको विकासका निमित्त सिनेमा हलहरुमा आर्थिक पारदर्शिता आवश्यक देखेर बक्स अफिस प्रणालीलाई मूर्तरुप दिने अन्तिम तयारीमा छ ।

सूचना तथा संचार मन्त्रालय मातहतमा रहेको नेपाल चलचित्र विकास बोर्डले हलवाला तथा निर्माताहरुसंग पटक पटक मौखिक र लिखित सल्लाह गरी सकेको छ । हरेक पटकको मौखिक तथा लिखित सल्लाहमा कर्मचारी कर्मचारीले गर्न सक्ने अनियमिततालाई समेत ध्यानमा राखी  बक्स अफिस लागू भए पछि नियन्त्रण आउने भन्दै सरकारलाई बक्स अफिस लागू गर्न सल्लाह दिंदै आएका थिए । तर यतिबेला चलचित्र विकास बोर्डले तिन तिन पटक अफिसियल ररुपमा पत्राचार गरी सक्दा पनि केही हलवालाहररु बक्स अफिस लागू गर्न आनाकानी गरीरहेका छन् ।

मौखिक रुपमा हुन्छ भन्ने हलवालाहररु किन यसरी सुस्त देखिए यसले विभिन्नकिसिमका आशंकाहररु जन्माएका छन् । आउँदो श्राबण एक गतेसम्ममा सम्पूर्ण चलचित्रघरहरुमा पूर्ण रुपमा बक्स अफिस लागू गर्ने सरकारको योजना छ । यसै योजना अन्र्तगत बोर्डले तिन तिन पटक हलवालालाई  चिठठ्ी पठाएको हो । बोर्डले अफिसीयल रुपमा  पठाएको चिठठ्ी बुझिसकेका  हलवालाहरु मध्ये केही हलवालाहररु यतिबेला चिठ्ठीलाई नै नजरअन्दाज गरेर बसिरहेका छन् ।

बोर्डले चलचित्र घरहरुलाई पत्राचार गरेको पत्रमा २०७४ चैत्र मसान्त भित्र ई टिकेटिङ जडान नभएका चलचित्रघरहरुले अनिवार्य ररुपमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम जडान गर्नका लागी आवश्यक पर्ने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडान गरी सक्नु पर्ने भनि स्पष्टै लेखेको छ । तर हाल सम्म पनि कतिपय चलचित्रघरहररुले बक्स अफिसका लागी चाहीने हार्डवेरका सामान तथा ईन्टरनेट सेवा जडानै नगरी त्यसै बसीरहेका छन् । त्यतीमात्र नभई ई टिकेटिङ प्रणाली बाट टिकेट बिक्री बितरण गर्दै आईरहेका मल्टीफ्लेक्स चलचित्र घरहररुलाई समेत बोर्डले २०७४ चैत्र १५ गते भित्र केन्द्रिय सर्भरसँग ई टिकेटीङ सम्बन्धी सफ्टवेयर लिंक गर्ने एपिआई एड्रेस दिनु भनि पत्र लेखेकोमा हालसम्म पनि केही मल्टिफ्लेक्स चलचित्र घरहरुले एपिआई एड्रेस दिन अटेर रगीराखेका ।

बिगत लामो समयदेखिको अथक प्रयास पछि बोर्डले चलचित्र सम्बन्धी कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन संसारमा चलन चल्तीमा रहेको बक्स अफिस प्रणालीलाई लागू गर्न खोज्दा केही चलचित्रघरहरु बाटै यस्तो ब्यबहार हुनुले त्यस्ता हलवालाहरुलाई शंकाको दृष्टीकोणले हेर्न थालिएको छ । यत्तिका समयसम्म नेपालमा चलचित्र क्षेत्रमा बक्स अफिस प्रणाली कसका  कारणले लागू हुन सकेन भनि प्रश्न गर्दा यसको  सहज उत्तर आउने सम्भावना  बढ्दै गैरहेको छ । बक्स अफिस लागू गर्न अवरोध गर्ने जो कसैका बिरुद्ध सरकार अब कडाईका साथ अघि बढने योजनामा छ । अर्थ मन्त्रालयका एक अधिकारीले भने “अब सरकार चुप लागेर बस्दैन, अटेर गर्ने चलचित्रघरहरुलाई अब कारवाही हुन्छ । वोर्ड कि अध्यक्ष निकीता पौडेलले भनिन् “ सबै कुराहररु स्पष्ट नै देखिएको छ, बक्स अफिस लागु हुन्छ हुन्छ, यो नेपाल सरकारको निर्णय हो, वोर्ड ब्याक हुन सक्दैन, नमान्नेहरु कानुनी कारवाहीमा पर्नेछन् । विभिन्न बाहानामा केही हलवालाहरुले बक्स अफिस प्रणाली कार्यान्वयन गर्न जती नै आलटाल गरे पनि कार्यान्वयन प्रक्रियामा अवरोध गर्ने जो कसैलाई सरकार भने कानुन बमोजिम कारवाही गर्ने मुडमा देखिन्छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया