Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

काठमाडौं – उपत्यकामा सञ्चालित सिंगल थिएटरहरुमा बर्ष ०७५ सालको शुरुवातसंगै बक्स अफिस प्रणाली इ टिकेटिङ सिष्टम लागु हुने भएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

मल्टीप्लेक सिनेमा घरहरुमा संचालित इ टिकेटिङ सिष्टमलाई पनि चलचित्र विकास बोर्डले आफ्नो डाटाहवमा जोड्दैछ । त्यसका लागि API प्रविधी अपडेटका लागि ब्रेन डिजिटले काम गरी रहेको छ ।

चलचित्र विकास बोर्ड अध्यक्ष निकिता पौडेलद्धारा बैशाखको पहिलो साता देखि बक्स अफिस लागु गर्ने पूर्वघोषित कार्यक्रम अनुरुप बैशाख १० गतेदेखि औपचारिक रुपमा शुरु गरिने भएको छ ।

जस अनुरुप चावहिल स्थीत गोपीकृष्ण मुभिजमा यसको पहिलो परिक्षण सम्पन्न भएको छ । गोपीकृष्ण संगै कोटेश्वर जारिबुटी अवस्थीत पुष्पाञ्जली, बौद्ध स्थीत सिदार्थ र पृथ्वीसंगै कलंकी सिनेमा हलमा बैशाख १० गते देखि नै बक्स अफिस प्रणाली शुरु हुनेछ । जसका लागि ब्रेन डिजिटले सर्भर जडानको काम गरी रहेको छ ।

केही दिनमै गोपीकृष्ण मुभिजमा सिनेमा हेर्न आउंनुहुने दर्शकहरुले इ टिकेटिङ सिष्टमबाट टिकट काट्नु हुनेछ, परिक्षण समय पत्रकाहरुसंग बोल्दै बोध्यक्ष पौडेलले बताइन् ।

हल संचालक तथा निर्माताहरुकै सल्लाहमा नयाँ आर्थिक बर्ष २०७५/०७६ अर्थात श्रावण देखि पूर्णरुपमा देशभर नै बक्स अफिस प्रणाली अनिवार्य लागु हुनेछ ।

जसका लागि उपत्यका बाहिरका सिनेमा हलहरुमा अहिले सर्भर जडानको काम चलिरहेको छ । आर्थिक अवस्था कमजोर भएका सिंगल थिएटरहरुलाई बोर्डले सहयोग पनि गर्ने भनिएको छ ।

गोपीकृष्ण, गुण सिनेमा र अष्टनारायणमा धेरै पर्दा भएका कारण प्राविधिक कठिनाइ भएपनि त्यसलाई कसरी सहज बनाउंन सकिन्छ भन्ने तर्फ बोर्ड लागि रहेको छ । केही हल संचालकहरुले बक्स अफिस प्रणाली व्यवहारिकता नभएको भन्दै अदालत सम्म जाने कुराहरु आइरहेका छन् ।

तर, अध्यक्ष पौडेल भन्नुहुन्छ त्यो उहाँहरुले नबुझ्नु भएको कुरा हो जस्तो लाग्छ । राज्यलाई तिर्नु पर्ने करमा हल संचालक, निर्माता, निर्देशक तथा कलाकार सबै पारदर्शी हुनु पर्नेछ । तसर्थ कुनै पनि हालतमा श्रावण देखि बक्स अफिस प्रणाली लागु हुनेछ ।

तपाईको प्रतिक्रिया