शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं –  आम्दानी र श्रम सुरक्षाका दृष्टिकोणले आकर्षक मानिएको दक्षिण कोरियामा नर्सलगायतका दक्ष प्राविधिक र कामदार पठाउन सरकारले पहल अगाडि बढाएको छ ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत नेपालबाट अदक्ष कामदारको माग बढाउँदै लगेको कारियाले दक्ष कामदारका रूपमा नेपाली नर्सलाई लैजान सकिने संकेत गरेपछि सरकारले पहल अघि बढाएको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियासँग नेपाली नर्सका लागि रोजगारी दिन अनुरोध गरेको छ । नेपाल सरकारले अदक्ष कामदारमात्र कोरिया गइरहेको भन्दै दक्ष कामदारका रूपमा नर्सलाई रोजगारी दिन अनुरोध गरेपछि कोरियाली पक्ष सकारात्मक रहेको वैदेशिक रोजगार विभाग ईपीएस शाखा नेपालका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो ।

अन्य प्रकृयाबाट न्यून संख्यामा नेपाली नर्स कोरिया गइरहे पनि हाल सञ्चालनमा रहेको ईपीएस प्रणालीबाट नै दक्ष नेपाली कामदार माग गर्न सरकारले गरेको अनुरोधमा कोरियाली पक्ष सकारात्मक देखिएको उहाँले बताउनुभयो ।

तपाईको प्रतिक्रिया