शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक डा. सुरेन्द्र केसी जापान आउने भएका छन् ।

नेपाली राजनीतिका खरो विश्लेषक प्रा. डा. केसी एक कार्यक्रमका लागि जापान आउन लागेको स्रोतले बतायो ।

जापान आएको अवसरमा एनआरएन जापानको कान्साई कमिटीले प्रा. डा. केसीसंग एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गर्न लागेको एनआरएन जापानका सल्लाहकार समेत रहेका कार्यक्रम संयोजक नरेन्द्र बस्नेतले समुद्रपारिलाई बताए । यही अप्रिल १५ मा जापान आउन लागेका प्रा. डा. केसीसंग ओसाकाबासी नेपालीहरुले १६ तारिखका दिन ‘वर्तमान नेपालको राजनैतिक परिदृश्य र राजनैतिक भविष्य’ बारेमा अन्तर्क्रिया गर्ने भएका छन् । ओसाकाको आवेनो सिमीन गाकुस्यु सेन्टरमा सो दिनको अपरान्ह ५ बजेबाट हुने सो अन्तर्क्रिया कार्यक्रममा सहभागिताका लागि कान्साई कमिटीले सो क्षेत्रका नेपालीहरुमा अपिल गरेको छ ।

नेपाली कम्युनिज्म बिषयमा विद्यावारिधी गरेका प्रा. डा. केसी नेपाली राजनीतिका एक यस्तो विश्लेषक मानिन्छन् जसले निर्भिक्तापूर्वक जो कसैको आलोचना गर्न पनि हिचकिचाउँदैननन् । यसैका कारण उनका जति प्रशंसक छन् त्यति नै आलोचक पनि । मुलधारका नेपाली मिडिया तथा टेलिभिजन स्क्रिनमा सँधै देखिईरहने प्रा. डा. केसी पछिल्लो समयमा युट्युव च्यानलहरुमा पनि उनको माग बढ्दो छ ।

नेपाली राजनीतिमा देखिएका विकृति, विसंगति, पात्र र प्रवृत्तिप्रति तिखो ब्यङ्ग्य प्रहार गर्न माहिर विश्लेषकको परिचय बनाएका प्रा. डा. केसीसंग ओसाका लगायत हिरोशिमा, टोकियो लगायतका अन्य सहरका नेपालीहरुहरुले पनि अन्तर्क्रिया गर्ने तयारी गरिरहेको बुझिएको छ । ***

यो पनि पढ्नुहोस
नेपालमा शासनको मोडेल इन्लाईटेन डिक्टेटरशिप हुनुपर्छ – प्रा. डा. केसी 

तपाईको प्रतिक्रिया