शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडाैं – प्रधानमन्त्री केपी ओलीले रेलवे, जलमार्ग र कृषिको आधुनिकीकरणसम्बन्धी सम्झौताले भारत भ्रमण यथार्थमै उपलब्धिमूलक भएको बताएका छन् ।

तीन दिने भ्रमण पूरा गरी आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भारतले निर्वाचनमार्फत प्राप्त अभिमतलाई स्वीकार्दै तीन महत्वपूर्ण सम्झौतामार्फत नेपालसँगको सम्बन्धलाई नयाँ उचाइमा उठाउन चाहेको स्पष्ट पारे ।

के भने विमानस्थलमा ओलीले ?
भारत जानुअघि संसद् र सार्वजनिक रूपमा भनेको थिएँ– हाम्रो वैदेशिक मामिला मित्रताबाट प्रस्थान हुन्छ । त्यो मित्रता खुलस्त, पारस्परिक सार्भमौसत्ता, स्वतन्त्रता, भौगलिक अखण्डता, जायज हित र स्वाभिमानको सम्मान, अहस्तक्षेप पारस्परिक लाभका आधारमा हुन्छ । यसलाई बेठिक ढंगले संचालन गर्न खोज्दा बास्तविक मित्रता हुँदैन । हामीले त्यहाँ(भारत)मा पनि त्यसैगरी कुरा गर्यौं ।

सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजी, राष्ट्रपति, उपराष्ट्रपति, बिभिन्न राजनीतिक दलका नेतालगायत त्यहाँ स्थित कुटनीतिक क्षेत्रसँगको भेटघाटमा एक्काईशौं सताब्दीमा भारतलगायत अन्य मुलुकसँग कसरी सम्बन्ध स्थापित गर्न चाहन्छौं भन्ने बतायौं । उहाँहरुले नेतृत्व तहबाटै सकारात्मक रुपमा लिएर स्वागत गर्नुभो । त्यसैले हाम्रो भ्रमण कुनै बनावटी, देखावटी कुराहरुमा होइन, यथार्थमा उपलब्धिमूलक भयो ।

निर्वाचनको अभिमतलाई स्वागत गर्दै तीन सहमति
–यस पटक यहाँको लोकतान्त्रिक प्रक्रिया अघि बढेर जसरी सुदृढ भयो र जनताको अभिमत जसरी आयो र त्यो अभिमतलाई बोकेर म जसरी गएँ, त्यसलाई भारतले स्वागत ग¥यो । त्यहाँ नेपाली जनताको अभिव्यक्तिको, भावनाको, जनमतको प्रतिनिधित्व भएको थियो र मैले पनि त्यसैगरी कुरा गरेँ ।

यहाँहरुलाई थाहा छ, केही नयाँ कुरा आएको छ । काठमाडौं रक्सौल रेलवेको कुरा, नदीहरुबाट हामीले आवागमन र यातायातको प्रबन्ध सकेसम्म छिटो मिलाउने र त्यसमा मोदीजीको प्रत्यक्ष अभिव्यक्ति आएको छ । कृषीको आधुनिकीकरण गर्ने सन्दर्भमा पनि महत्वपूर्ण सहमति भएको छ । जसलाई व्यबहारिक रुपमा कसरी अघि बढाउने भन्ने छ ।

अबको बाटो उछाल्ने होइन, गम्भीर वार्ताको
पुराना विषय– सिमा विवाद, डुवान आदी कुराहरुको सम्बन्धमा गम्भीरताका साथ कुरा उठाएका छौं । सकेसम्म कसरी छिटो डुवानको समस्या समाधान गर्न सक्छौं भन्ने कुरा आएको छ । पञ्चेश्वर परियोजनाका सन्दर्भमा टनकपुरमा १ दशमलब ३ किमी नहर नबनेको कुराले परेको नकारात्मक असरका बारेमा ध्यानाकर्षण गराएका छौं ।

उहाँहरुले छिट्टै काम अघि बढाउने भनेर म दिल्लीमा छँदै तल निर्देशन जारी गर्नुभएछ । आईतबार उत्तराखण्ड जाँदा कतिपय कुरा उत्तराखण्ड सरकारलाई केन्द्रबाट निर्देशन आइसकेको मुख्यमन्त्रीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया