Deneme Bonusu Veren Siteler
आइतबार, पौष २८, २०८१
Sunday, January 12, 2025

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टोकियो –  नायक पल शाह जापान आइपुगेका छन् । उनी आफु अभिनित चलचित्र ‘शत्रु गते’ प्रदर्शनका लागी शनिबार जापानको टोकियो आइपुगेका हुन् । पललाई ए-वान इन्टरटेन्मेन्टका अध्यक्ष एवं डिजे जोन छन्त्याल, प्रबन्धक निर्देशक कृष्ण लामा, म नेपाली ग्रुपका अध्यक्ष स्मृति आचार्य, पत्रकार रबिन्द्र गोर्खाली, आरोही सुबेदी, सरोज आचार्य, अर्जुन गौतम लगायतले टोकियोस्थित हानिदा एअरपोर्टमा भव्य स्वागत गरेका छन् ।

शनिबार अबेर टोकियोस्थित हानिदा एअरपोर्टमा ओर्लिएका पललाई आयेजक टोलीले पुष्पगुच्छाले स्वागत गरेको छ । नेपालभर सफलताका साथ प्रदर्शन भइरहेको चलचित्र ‘शत्रु गते’को खुशी साट्न आफु जापानको टोकियो आइपुगेको उनले बताए ।

पलले एअरपोर्टबाटै टोकियोस्थित नाकानो जिरो हलमा सम्पूर्ण जापानबासी नेपालीहरुलाई निम्तो दिंदै भने, ‘चलचित्रलाई जापानबासी नेपालीहरुले पनि नेपालकोझैं माया र मन पराईदिनुहुनेछ, म विश्वस्त छु ।’ बहुप्रतिक्षित मानिएको चलचित्र ‘शत्रु गते’ आज टोकियोस्थित नाकानो जिरो हलमा प्रदर्शन हुँदैछ ।

जापानभर चलचित्र प्रदर्शनको जिम्मा लिएको ए-वान इन्टरटेन्मेन्टले पनि सम्पूर्ण तयारी पुरा भएको बताएको छ । निर्देशक लामाले टोकियोबाहिरबाट पनि धेरै टिकट बुकिङका लागी आएकोले पनि आज हाउसफुलका साथ चलचित्रको शो हुनेमा आफु विश्वस्त रहेको प्रतिक्रिया दिए ।

चलचित्र ‘शत्रु गते’को टोकियोपछि नागोया, फुकुओका, सिजुओका, गुन्मा, तोचिगी, ओकिनावालगायत शहरहरुमा प्रदर्शन हुने निर्देशक लामा बताए । प्रदिप भट्टराईको निर्देशन रहेको चलचित्रमा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धरा भुषाल, राजाराम पौडेल, दीपकराज गिरी, दिपाश्री निरौला, शिवहरी पौड्याल, किरण केसी, प्रियंका कार्कीको मुख्य अभिनय रहेको छ ।

चलचित्रमा हरिवंश आचार्यको कथा, दीपकराज गिरी र निर्देशक भट्टराईको पटकथा रहेको छ ।

तपाईको प्रतिक्रिया