टोकियो – युवा स्टार प्रदीप खड्का स्टारर फिल्म ‘लिलिबिली’को जापानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । चैत ३० गते नेपाल रिलिज हुने यो लभ स्टोरी फिल्मको त्यहाँको टोकियोस्थित नकानो जिरो हलमा आइतबार प्रिमियर गरिएको हो ।
प्रिमियरमा प्रदीप, नायिका जसिता गुरुङ र निर्माता गोविन्द शाही टिमबाट उपस्थित थिए । आयोजक डेस्टिनी क्रियसन जापानले बताए अनुसार लिलिबिली लाई प्रिमियरम रुचाएको छ । नेपाली सिनेमा यतिको राम्रो बन्नु खुसीको कुरा रहेको डेस्टिनीले बतायो ।
‘लिलिबिली’ को दर्शक प्रतिक्रिया र उपस्थित संख्याले उत्साहित भएको आयोजकले आगामी दिनमा पनि नेपाली फिल्मको शो गर्दै जाने लक्ष्य रहेको जानकारी दियो ।
उता निर्माता शाहीले जापानको दर्शक प्रतिक्रियाले उत्साहित बनाएको भन्दै खुसि व्यक्त गर्नुभयो। ‘सबैले राम्रो फिल्म हेर्न पाएको भन्दै बधाई दिनु भएको छ । आगामी दिनमा पनि यस्तै सिनेमा हेर्न पाइयोस् भन्ने आशा व्यक्त गर्नु भयो’ शाहीको भनाई छ ।
मिलन चाम्स निर्देशित ‘लिलिबिली’मा प्रदीप र जसितासँगै प्रियंका कार्की, अनुपबिक्रम शाही र सविन श्रेष्ठको अभिनय रहेको छ । निर्देशक चाम्स, गोविन्द शाही र सुदीप खड्का निर्मित फिल्मको प्रदर्शन मिति नजिकिएसँगै प्रचार प्रसारलाई तिव्र बनाइएको छ ।