शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नायक आकाश श्रेष्ठ र नायिका आँचल शर्माको जोडीमा निर्माण भएको चलचित्र ‘ब्ल्याक’को नयाँ गीत सार्वजनिक भएको छ। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रम बिच चलचित्रको नयाँ रोमान्टिक गीत सार्वजनिक गरिएको हो ।

‘पलपल हरपल’बोलको गीतमा आँचल र आकाश फिचर छन् । आँचल नायक पल शाह बाहेक पहिलोपटक अन्य नायकसँग एकसाथ काम गरेकी हुन् । गीतको भिडियोमा आकाश र आँचलको जोडी सुहाएको छ ।

महेश खड्काको सङ्गीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेलको स्वर, डा.कविराज बान्तवाको शब्द र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ ।

प्रदीप श्रेष्ठको निर्देशन र आश्मा पाण्डेको निर्माण रहेको चलचित्र ‘ब्ल्याक’को यसअघि एक गीत र पोस्टरहरु सार्वजनिक भइसकेका छन् । एक्सन लभस्टोरीमा बनेको चलचित्रलाई मौनता श्रेष्ठले लेखेका हुन् ।

चलचित्रमा द्धन्द्ध निर्देशनको पाटो चन्द्र पन्तले समालेका छन् । ब्ल्याक यही जेठ ११ गतेबाट अल नेपाल रिलिजको तयारीमा रहेको छ ।

तपाईको प्रतिक्रिया