काठमाडौं – एसियन कप छनोट फुटबलमा नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको छ । गएराती कतारको स्पोटर्स क्लब सुहेन विन हमाद रंगशालामा एसियन कप छनोटको अन्तिम खेलमा यमनसँग पराजित भएको हो ।
यमनसँग पराजित भएसँगै नेपालले एसियन कप छनोटमा एक खेल पनि जित्न नसकी आफुनो यात्रा अन्त्य गरेको छ । पहिलो हाफमा १-१ गोलको बराबरी खेलको नेपालले दोस्रो हाफको अन्तिम समयमा चुक्दा हार ब्यहोर्नु पर्यो । दोस्रो हाफमा नेपालले उत्कृष्ट खेलेपनि खेलको ८४औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्समा यमनका खेलाडीलाई फल गरेपछि यमनले पेनाल्टी पाएको थियो ।
पेनाल्टीको सहि सदुपयोग गर्दै यमनले गोल गरेपछि नेपाल यमनसँग २-१ गोलअन्तरले पराजित भएको हो । जितपछि यमनभने समूहको उपविजेता बन्दै सन् २०१९ मा युएईमा हुने एसियन कपमा छनोट भएको छ ।